images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित


  • 274
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

    काठमाडौं । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । 

    प्राधिकरणका अनुसार ८ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, ३ जना बालबालिका, ३ जना असक्त भएका व्यक्ति सवार थिए ।दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

     


    images
    images

    Logo