images
images

पोखरा विमान दुर्घटना : यथासक्दो छिटो उद्धार गर्न गृहमन्त्रीको निर्देशन


  • 299
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    पोखरा विमान दुर्घटना : यथासक्दो छिटो उद्धार गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए।

    अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भई घटनाबारे जानकारी लिइरहेका छन् । आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ । क्षतिको विवरण भने आउन बाँकी छ ।


    images
    images

    Logo