काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले १ः३० बजे बजे बस्ने गरि सो बैठक बोलाएका हुन् ।
आज बिहान पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा भए लगत्तै उनले बैठक बोलाएका छन् । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाएका हुन्। साथै उनले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी लगायतका निकायलाई निर्देशन समेत दिएका छन् ।
दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरेका छन् ।