काठमाडौं । यति एयरलाईन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट बिहान १०ः५ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना सेती नदी खोचमा खसेको थियो । विमानको अधिकांश भाग जलेको बताइएको छ ।
७२ जना यात्रु मध्ये १० बिदेशी नागरिक, अरू ६२ जना नेपाली । जीवित भेटिने सम्भावना न्यून रहेको उद्वारमा खटिएका सुरक्षा अधिकारीको भनाई रहेको छ । दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।
पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।अहिले पनि उद्धारको काम चलिरहेको छ ।