images
images

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?


  • 524
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

    काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले  माघ महिनाका लागि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    नेपाल बैंकर्स संघले माघ १ गतेदेखि व्याजदर घटाउने निर्णय गरेसँगै बैंकहरुले निक्षेपको व्याज पनि घछाएका छन् । जसअनुसार नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । 

    त्यस्तै, बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर कायम गरेको छ । 

    बैंकले विभिन्न कर्जा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएकाे छ । प्रकाशित भएकाे नयाँ ब्याजदर अनुसार बैंकको आधारदर ९.४५ प्रतिशत रहेको छ । 

     


    images
    images

    Logo