काठमाडौं । यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।
दुर्घटनास्थलबाट आगोको मुस्लो देखिएको छ। आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।