images
images

तारकेश्वरमा ४४ करोडमा खानेपानी आयोजना सम्झौता


  • 292
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    तारकेश्वरमा  ४४ करोडमा खानेपानी आयोजना सम्झौता

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा चार हजार ८ सय ७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ ।

    काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी सहितको धारा’ निर्णयअनुसार ४ हजार ८ सय ७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजना सम्झौता गरिएको हो ।

    चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सङ्घीय सरकार, तारकेश्वर नगरपालिका र गोलढुङ्गा वृहत खानेपानी उपभोक्ता समितिको साझेदारीमा ४४ करोड रुपैयाँमा सम्झौता गरिएको तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए । ाइना फाउण्डेशन र नगरपालिकाको साझेदारीमा आयोजना कार्यान्वयनको चरणमा रहेको उनले बताए । 

    काठमाडौँ महानगर र तारकेश्वर नगरपालिकाको सहलगानीमा निर्माण गरिने अधेरी खोला, अल्ले मुहान र भण्डारे मुहानबाट खानेपानी वितरणका लागि आवश्यक डिपिआर निर्माण कार्यान्वयनको क्रममा  छ । तारकेश्वर नगरपालिकाले साहसिक पर्यटन पूर्वाधार विकास गर्न तारकेश्वर नगरपालिका वडा नं ५ मा रहेको भ्यू टावरमा जीपलाइन सेवा, वडा नं ३ मा रहेको कोटडाँडा बञ्जी जम्प र शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको तारकेश्वर महादेव मन्दिरसम्म निजी सरकारी साझेदारीमा केबलकार निर्माण गर्न प्रक्रिया अगाडि बढाएको नगरप्रमुख महर्जनले जानकारी दिए । 

    नगरपालिकाले चालू आर्थिक वर्षमा शुद्ध खानेपानीसहितको एक घर, एक धारा, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, सडक बत्ती जडान, सिसि क्यामेरा जडानलाई प्राथमिता दिएको छ ।

    पूर्वाधार विकासअन्तर्गत  नगरपालिकाले चालू आवको पुस २० सम्म चार किलोमिटर सडक कालोपत्रे, एक किलोमिटर ४ सय ७४ मिटर सडक ढलान, २ किलोमिटर ६ सय १३ मिटर सडक स्तरोन्नती, ३ सय ३४ मिटर ढल व्यवस्थापन, २ किलोमिटर २ सय ३२ मिटर  डिमार्केशन वाल निर्माण सम्पन्न गरिसकेको छ । 

    यस्तै, नगर उज्यालो कार्यक्रमअन्तर्गत विभिन्न मुख्य सडक तथा भित्रि सडकमा ३ सय ४१ वटा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख महर्जनको भनाइ छ ।

    तारकेश्वरभित्रका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीति अनुरुप नगरपालिकाको अनुदानमा निर्माण तथा संरचना सुधार अन्तर्गत फुटुङ मावि, मनमैजु मावि, कालीदेवी मावि, सरस्वती आधारभूत मावि, कालिकाशरण मावि, ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय कलेजको भौतिक संरचना सुधार अन्तिम चरणमा पुगेको सो नगरपालिकाले जनाएको छ । 


    images
    images

    Logo