काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतवार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
मुल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।