images
images

नारायणीमा आजदेखी १८० जना अट्ने मिनि पानी जहाज चल्ने


  • 569
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    नारायणीमा आजदेखी १८० जना अट्ने मिनि पानी जहाज चल्ने

    चितवन । चितवनको नारायणी नदीमा आजदेखी मिनि पानी जहाज सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले माघ १ गतेदेखि व्यवसायिक रुपमा मिनी पानी जहाज सञ्चालनमा ल्याउन लागेको हो।

    एक सय फिट लम्बाइ र २५ फिट चौडाइको जहाज  नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको हो । १५ करोड रूपैयाँको लागमा निर्माण गरिएको  तीन तल्ले पानी जहाजमा  १ सय ८० जना यात्रु बोक्ने क्षमता रहेको छ । 

    भरतपुर महानगरपालिका–१६ स्थीत ज्ञानेश्वर सामुदायिकको काभ्रेघाटबाट पानी जहाज सञ्चालनमा आउने छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सो जहाजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो ।

     कोरोना महामारीका कारणले निर्माण सकेर सञ्चालनमा ल्याउन ढिलाइ भएको प्रवन्ध निर्देशक कँडेलले बताए । सो पानी जहाजमा एक घण्टा यात्रा गर्दा ७ सय रूपैयाँ तिर्नुपर्छ । 

    जसमा हरेक यात्रुको १० लाख रूपैयाँको बीमा हुनेछ  । जहाजमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ । सो जहाज नारायणी नदीमा ४० किलोमिटरसम्म चलाउने अनुमति भएपनि हाल पानीको सतह कम भएकाले २० किलोमिटर मात्र चलाउने तयारी गरिएको छ ।

     दुई इञ्जिन रहेको जहाजको पहिलो तलामा ९०, दोस्रो तलामा १०० जना अटाउन सक्ने क्षमता छ । जहाजमा सेल्फी खिच्ने, चलचित्र तथा म्यूजिक भिडियो सुटिङ गर्ने छुट्टै स्थान बनाइएको छ ।

    जहाजको दोस्रो तलामा १० जना विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । जहाज निर्माण गर्न भारतको केरलाबाट प्राबिधिक ल्याइएको थियो ।


    images
    images

    Logo