images
images

गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित


  • 217
    SHARES
  • २०७९ पौष ३० गते शनिबार

    गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित

    काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । उनले ३२ मत पाएका हुन् । 

    गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र १ प्रदेशसभा सदस्यको साथ रहेको थियो । कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरे । 

    सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए । नेकपा९एमाले०बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएन्न भने नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित रहेका थिए ।

    सभामुखमा निर्वाचित हुनुभएका धितात मङ्सिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत रहेका छन् । सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो ।

    सोहीअनुसार नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसेका छन् । 

    गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । प्र्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् । 

     


    images
    images

    Logo