काठमाडौं । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाको २ अर्व ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट नगर सभामा पेश भएको छ । बजेट ११ औँ नगर सभाबाट चालु आर्थिक बर्षका लागि स्वीकृत ४ अर्व ३६ करोड ७१ लाख ७ हजार बजेटका कार्यक्रमहरुलाई संशोधनमा लगिएको हो ।
महानगरका प्रमुख एवं सभाका अध्यक्ष बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सुरु भएको नगर सभाको १२ अधिवेशनमा उपप्रमुख एवं सभाका उपाध्यक्ष सुनिता डंगोलले संशोधन प्रस्ताव पेश गरेकी थिइन् ।
संशोधन प्रस्ताव पेश गर्दै उपप्रमुख डंगोलले, ६ महिनामा बजेट कार्यान्वयनको प्रगति हेरेर संशोधन प्रस्ताव पेश गरिएको बताए । चालु आर्थिक बर्षका लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको थियो । यसमा सञ्चित कोषबाट २२ अर्व ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।
त्यस आर्थिक बर्षमा बेरुजु देखिएको १ अर्व ७ करोड १२ लाख २५ हजार रुपैयाँमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट ३७ लाख ८१ हजार रुपैयाँ फस्र्यौट भएको छ । फस्र्यौट हुन बाँकी रहेको १ अर्व ६ करोड ७४ लाख ४४ हजार रुपैयाँमध्ये २५ करोड ७५ लाख रुपैयाँ असुल गर्नुपर्ने, ६१ करोड ४६ लाख ८४ हजार रुपैयाँ प्रमाण तथा कागजपत्र पेश गर्नुपर्ने, ४ करोड ४५ लाख ८८ हजार रुपैयाँ नियमित गर्नुपर्ने र पेश्की १५ करोड ६ लाख ६ हजार रुपैयाँ रहेको छ । प्रतिवेदनमा संयोजक पुडासैनीले उल्लेख गरेका छन् । समितिको यो प्रतिवेदन सभाबाट पारित भएको छ ।
यसपछि संयोजक पुडासैनीले आर्थिक बर्ष २०७७/७८ सम्मको नियमित गर्नु पर्ने ६५ करोड ६१ लाख ८१३ रुपैयाँ वेरुजुको प्रमाण संकलन, पुष्ट्याइँ र जवाफ प्राप्त भएको जानकारी दिँदै यो रकम नियमित गर्ने प्रस्ताव पेश गरेका थिए । यो प्रस्ताव सभाबाट पारित भएको छ ।



