images
images

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित


  • 452
    SHARES
  • २०७९ पौष ३० गते शनिबार

    प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

    काठमाडौं । प्रदेश १ को उपसभामुखमा सत्तारूढ एमालेकी प्रदेश सांसद सृजना दनुवार निर्वाचित भएकी छन् । दनुवारलाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन् ।

    दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित सभामुख बाहेक ९० प्रदेश सांसदमध्ये ५७ र विपक्षमा ३३ मत परेको छ ।

    प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन् ।

     


    images
    images

    Logo