images
images

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहने छ आजको मौसम


  • 283
    SHARES
  • २०७९ पौष ३० गते शनिबार

    देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो रहने छ आजको मौसम

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ। 

    तराईका थोरै भू–भागहरूमा हुस्सु/कुहिरो लागिरहेको छ ।शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  


    images
    images

    Logo