काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ४३ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३० रुपैयाँ ७९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ८५ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ५० पैसा कायम रहेको छ । शुक्रबार युरोपियन युरो १ सय ४० रुपैयाँ ६७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ८८ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ६१ पैसा रहेको छ।
