काठमाडौं । नेपाल एसबीआई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १ करोड ५४ लाख रुपैयाँ तलव भत्ता दिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई तलवभत्ता बापत १ करोड ५४ लाख २३ हजार ९ सय ९६ रुपैयाँ भुक्तानी गरेको हो ।
प्रबन्ध सञ्चालक र अन्य पदाधिकारीको घर भाँडा र अन्य भत्तास्वरुप सो रकम दिइएको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
बैंकका अध्यक्षलाई प्रति बैठक १२ हजार ५ सय रुपैयाँ र अन्य सञ्चालकलाई १० हजार रुपैयाँ प्रति बैठक गरी वार्षिक ६ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ ।