images
images

पाँच महिनामा ३० खर्ब ७ अर्बको तरलता प्रवाह


  • 269
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    पाँच महिनामा ३० खर्ब ७ अर्बको तरलता प्रवाह

    काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब ७ अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् २ खर्ब ४१ अर्ब २० करोड रुपैयाँ, सोझै खरिद बोलकबोलमार्फत् ८३ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको थियो । 

    त्यसतै, स्थायी तरलता सुविधामार्फत् २६ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ गरी कूल ३० खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ तरलता वित्तीय बजारमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् २६ खर्ब ६१ अर्ब ६ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो । 


    images
    images

    Logo