images
images

भक्तपुरमा खुल्यो विद्युतीय कारको सोरुम 


  • 1.3K
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    भक्तपुरमा खुल्यो विद्युतीय कारको सोरुम 

    भक्तपुर । भक्तपुरको मध्यपुरथिमि निकोसेरामा विद्युतीय गाडी (कार)को सो रुम खुलेको छ । शुक्रबार एक कार्यक्रमकाबीच देशु इन्टरनेशनलले चिनियाँ ब्राण्ड अलिटा जे एन–५० मोडलको विद्युतीय कार नेपाली बजारमा ल्याएको हो । 

    देशु इन्टरनेशनल मार्केटिङ्ग विभागका अभिजित चालिसेका अनुसार अलिटा जे एन– ५० मोडलको कारको सुरुवाती मुल्य २२ लाख ५० हजार रहेको छ । “यो कार फुल चार्ज हुन ६ घण्टा लाग्दछ, एक पटक फुल चार्ज भएपछि २ सय किलोमिटरसम्मको यात्रा ढुक्कले गर्न सकिन्छ,” चालिसेले भने । 

    car.jpg

    अन्य विद्युतीय कार जस्तो उकालोमा जादाँ हुने समस्या यो गाडीमा नभएको बिक्रेता कम्पनीले जानकारी दिएको छ । सोरुम अवसरमा खरिद गर्नेहरुलाई केही छुट दिने तयारी देशु इन्टरनेशनलले गरेको छ ।


    images
    images

    Logo