काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यमि गरेर बसेका उद्यमीहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार दिने भएको छ । मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान र पुरस्कारका लागि सूचना सार्वजनिक गर्दै आवेदन आह्वान गरेको छ ।
‘वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने पुरस्कारका लागि योग्यता पुगेका नागरिकले आवेदन पेश गर्न सक्नेछन्,’ जारी सूचनामा उल्लेख छ ।
विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि अनुसारको आवेदन फारम भरी २१ दिनभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वन स्क्यान गरी मन्त्रालयको इमेलमा पठाउन सक्ने मन्त्रालयले जनाएको छ ।



