काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने गर्ने लागेको हो ।
बैंकले ९१ दिनको लागि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल ९१ दिनको आगामी बैशाख १ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।