images
images

नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, को कहाँ पुगे ? 


  • 497
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, को कहाँ पुगे ? 

    काठमाडौं ।  नेपाल प्रहरीका २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । सरुवा हुनेमा जनक भट्टराइ, भरत बहादुर बोहोरा, दान बहादुर कार्की, डा मनोज कुमार केसी, सिद्धि विक्रम शाह, सुशिल सिंह,सुशिल सिंह, मोहन प्रसाद पोख्ररेल, अनुराग कुमार द्धिवेदी, दिल्ली राज पन्थ, भोला बहादुर रावल, गणेश चन्द्र, सुशिल सिंह राठोर, दान बहादुर कार्की, इश्वर कार्की, अरुण पौडेल, रेवती बरालर, दिपेन्द्र क्षेत्री रहेका छन् । 

    यसका साथै उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

    अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा र काठमाडौं प्रहरी प्रमुख बोहोरा सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्साल सरुवा भएका छन् ।

    जिल्ला प्रहरी परिसर, ललितपुरमा सिद्धिविक्रम शाह पठाइएका छन् । मानव बेचबिखन ब्यूरोमा जीवनकुमार श्रेष्ठ सरुवा भएका छन् । सुशिल सिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगञ्जमा सरुवा गरिएको छ । जिवन कुमार श्रेष्ठलाई मानव बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo