images
images

डलरको मूल्य घट्दा युरो भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर 


  • 285
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    डलरको मूल्य घट्दा युरो भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।   सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । 

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ७९ पैसा कायम रहेको छ ।  विहीबार डलर १ सय ३० रुपैयाँ ८३ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ३ पैसा र बिक्री दर १ सय ४० रुपैयाँ ६७ पैसा कायम रहेको छ । विहीबार युरोपियन युरो १ सय ४० रुपैयाँ ५६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ ९६ पैसा रहेको छ। 

    111111.JPG

     


    images
    images

    Logo