images
images

अब बैंकले दैनिक व्याज गणना नगर्ने, मुद्दति निक्षेपको व्याज तीन महिनामा मात्रै भुक्तानी गर्ने


  • 428
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    अब बैंकले दैनिक व्याज गणना नगर्ने, मुद्दति निक्षेपको व्याज तीन महिनामा मात्रै भुक्तानी गर्ने

    काठमाडौं । अब वाणिज्य बैंकहरुले दैनिक ब्याज गणना नगर्ने भएका छन् । बुधवार बसेको  नेपाल बैंकर्स संघको बैंठकले मुद्दति निक्षेपमा दैनिक ब्याज गणना नगर्ने भद्र सहमति गरेको हो ।

    हरेक महिना दिँदै आएको निक्षेपको व्याज अब  बैंकहरुल तीन(तीन महिनामा मात्रै भुक्तानी दिने भएका छन् ।  यस अघि मुद्दती खातामा निक्षेप राख्दा ब्याज रकमलाई हरेक दिन साँवामा गणना गर्दै त्यसमा पनि ब्याज दिने गरिएको थियो ।

    यस्तै, माघमा बैंकर्स संघले वाणिज्य बैंकको मुद्धति निक्षेपको व्याजदर घटाउने निर्णय गरेको छ। माघमा वाणिज्य बैंकको व्याजदर व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटाएर ११ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo