काठमाडौं । सिभिल बैंकका सीईओले १ करोड ४१ लाख रुपैयाँ तलव भत्ता लिएका छन् । बैंकले एक वर्षमा सीईओलाई तलवभत्ता बापत १ करोड ४१ लाख रुपौयँ भुक्तानी गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा भत्ता सहित कुल वार्षिक तलब बापत ६४ लाख ८० हजार रुपैयाँ प्राप्त गरेका छन् । नियम अनुसार उनले भत्ता बापत ५२ लाख २० हजार रुपैयाँ प्राप्त गरेका छन् । दशै खर्च ९ लाख रुपैयाँ पाएका छन् भने उनको संचय कोषमा ६ लाख ४८ हजार रुपैयाँ जम्मा भएको छ । त्यस्तै नियम अनुसार कर्मचारी बोनस ८ लाख ७७ हजार ४ सय ९ रुपैयाँ रहेको छ ।
बैंकले उच्च व्यवस्थापन तहका कर्मचारीलाई ६९ लाख ४७ हजार रुपैयाँ तलब, भत्ता ५२ लाख ५६ हजार, दशै खर्च ७१ लाख १० हजार, संचय कोष ६ लाख ९४ हजार, बोनस एक करोड २२ लाख रुपैयाँ भुक्तानी दिएको छ ।