images
images

नेपाल प्रहरीका १७ डीआईजीको सरुवा, को कहाँ पुगे ?


  • 294
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    नेपाल प्रहरीका १७ डीआईजीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका १७ नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । सरुवा हुनेमा टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरि रहेका छन् । यसैगरी भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, किरण राणा  र दुर्गा सिंह रहेका छन् । 

    कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् । प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् ।

    अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।

    प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् ।

    324581197_550907650283210_2838397176280386004_n_KCcu6AlCwu.jpg

    322464985_1386073342165219_1473841484304728020_n_hv0CChz8eW.jpg


    images
    images

    Logo