images
images

अर्थसचिव तोयमले लिए राष्ट्र बैंकको सञ्चालक सदस्यको सपथ


  • 292
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    अर्थसचिव तोयमले लिए राष्ट्र बैंकको सञ्चालक सदस्यको सपथ

    काठमाडौं ।  अर्थसचिव तोयम रायाले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यमा अर्थमन्त्रालयको सचिव सदश्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुरुप राया राष्ट्र बैंकको सञ्चालक भएका हुन् । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आए सँगै उनले रायालाई अर्थसचिमा तानेका थिए ।

    शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा लगायतका अधिकारीहरूको उपस्थिति रहेको  थियो । 


    images
    images

    Logo