images
images

मंसिर महिनासम्ममा स्वास्थ्य बीमा बोर्डले गर्यो ५ अर्ब ५९ करोड भुक्तानी


  • 420
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    मंसिर महिनासम्ममा स्वास्थ्य बीमा बोर्डले गर्यो ५ अर्ब ५९ करोड भुक्तानी

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ ।  बोर्डले चालु आर्थिक वर्षमा चार पटक गरी बोर्डमा आवद्ध भएका सेवा प्रदायक संस्थाहरुलाई सो बराबरको रकम भुक्तानी गरेको हो । जसमा चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ५ अर्ब ५९ करोड ६ लाख ४६ हजार २ सय ४१ रुपैयाँ भुक्तानी गरेको छ ।

    बोर्डले चालु आर्थिक वर्षको पहिलो पटकमा बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७ सय ४८ रुपैयाँ भुक्तानी गरेको थियो । त्यस्तै, दोस्रो पटकमा ६६ करोड १ लाख ५५ हजार ६८ रुपैयाँ भुक्तानी गरेको थियो ।

    त्यस्तै, बोर्डले तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख ३० हजार ८ सय ५० रुपैयाँ भुक्तानी गरेको थियो भने चौथो पटकमा १ अर्ब १८ करोड ६ लाख ९४ हजार ९ सय ५५ रुपैयाँ भुक्तानी गरेको छ । यसका साथै बोर्डले २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।


    images
    images

    Logo