काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो मोवाईल बैंकिङ्ग एपमा नयाँ प्रविधी थप गरेको छ । बैंकले मोवाईल बैंकिङ्ग एप एमबिएलएम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको हो ।
पछिल्लो समय मोबाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न बैंकले मोबाईल बैंकिङ्ग एपमा एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको जनाएको छ ।
मोवाईल बैंकिङ्गमा हाल ओटिपी सेयरमार्फत् सबैभन्दा धेरै अनाधिकृत कारोबारहरु भइरहेको पाइएको छ । विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटीपी सेयर गर्न लगाई ह्याकरहरुले ठुलो मात्रामा अनधिकृत कारोबार गरिरहेको पाइएको भन्दै बैंकले एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो।
बैंकले यस प्रविधिको सुरुवात गरेसँगै ग्राहकबाट ओटीपी प्राप्त गरी मोबाइल बैंकिङमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ।



