काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य २ सय रुपैयाँले बढेर १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।