काठमाडौं । अमेरिकामा आन्तरिक तर्फको सबै उडान अवरुद्ध भएको छ । उडान नियन्त्रण प्रणालीमा समस्या आएका कारण सबै उडान अवरुद्ध भएको छ ।
संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान अवरुद्ध भएको हो ।
उक्त समस्या समाधानका लागि कार्य भइरहेको र चाँडै नै उडान यथावत रुपमा सञ्चालन हुने एफएएले जनाएको छ ।