images
images

गाउँपालिका उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • 333
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    गाउँपालिका उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका उपाध्यक्ष र अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानको कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता डि.सी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी., योजना शाखा प्रमुख जयराम घर्ती, वडा अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    गाउँपालिकाको वडा नं. ७ मा निर्माण भएको रिङरोड योजना मूल सड्क विस्तार, नाला सुधार तथा ग्राभेल योजनामा निर्माण स्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई पेस भएको झुट्टा बिल भरपाई स्वीकृत गरी भुक्तानीको लागि आदेश दिएका थिए । 

    यसका साथै कामदार तथा रोजगार उपभोक्ता समिति र प्राविधिकहरूको मिलेमतोमा झुट्टा बिल भरपाई र गलत कार्य सम्पन्न प्रतिवेदनकै आधारमा नभए नगरेको काममा समेत भए गरेको भनी झुट्टा बिल भरपाईसमेतका आधारमा अन्तिम भुक्तानीको लागि टिप्पणी पेस गरी बढी भुक्तानी दिने कार्य गरेको अख्तियारको ठहर छ ।  

    त्यस्तै, कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय सल्यानका तत्कालीन योजना अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक एवं कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता डि।सी।, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, इन्जिनियर टेक बहादुर के।सी, योजना शाखा प्रमुख जयराम घर्ती, रोजगार संयोजक सुवाश वुढाथोकी, वडा नं. ७ का वडाअध्यक्ष नैन सिंह राना र सव–इन्जिनियर दिपेन्द्र बहादुर शाही रहेका छन् । 

    त्यस्तै,  जिल्ला सल्यान कालिमाटी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ७ मा निर्माण भएको घुइयावारी (रिङरोड योजना) मुल सड्क विस्तार, नाला सुधार तथा ग्रावेल योजनामा बढी भुक्तानी भएको सरकारी रकम खाने मास्ने उद्देश्य लिई इस्टिमेट अनुसार काम सम्पन्न नभएको योजनालाई काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएका थिए । उनीहरुलाई ५ लाख ६५ हजार बिगो कायम गरी मुद्दा दायर भएको छ ।

     

     

     


    images
    images

    Logo