काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी नियुक्त नियुक्त भएका छन् । ७ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका गिरीलाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको साथ रहेको छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।