images
images

हिमालयन बैंकले ७ शाखामा सञ्चालनमा ल्यायो क्यास रिसाइक्लर मेसिन


  • 293
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    हिमालयन बैंकले ७ शाखामा सञ्चालनमा ल्यायो क्यास रिसाइक्लर मेसिन

    काठमाडौं । हिमालयन बैंकले ७ शाखा कार्यालयमा क्यास रिसाइक्लर मेसिन (नगद झिक्ने तथा जम्मा गर्ने) सञ्चालनमा ल्याएको छ । बैंकले आफ्रना ग्राहकलाई सहजता र थप सुविधाका लागि उक्त सेवा संचालनमा ल्याएको हो । 

    हाल बैंकले सातवटा यस्ता मेसिन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी रहेको बैंकले जनाएको छ । 

    मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुने र जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकले जनाएको छ । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जनाएको छ । 

     


    images
    images

    Logo