images
images

एकैदिन २९ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 303
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    एकैदिन २९ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९ सय ६२ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई मंगलबार र र उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ६६ जना, लेन अनुशासन पालना नगर्ने ३५ , रेड लाइडमा सवारी साधन चलाउने ५० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३६ जना, लिडारगन १ सय २९ चालक रहेका छन् ।  यस्तै २ हजार ४ सय ६९ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo