images
images

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोज यादव नियुक्त


  • 280
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोज यादव नियुक्त

    काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव नियुक्त भएका छन् । ६३ सांसदको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । 

    उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थन रहेको छ ।  १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको साथ रहेको छ । 


    images
    images

    Logo