काठमाडौं । हिमालयन बैंकका सीईओले २ करोड १५ लाख रुपैयाँ बराबरको तलव भत्ता लिगेका छन् । बैंकले एक बर्षमा सीईओलाई तलवभत्ता बापत २ करोड १५ लाख १६ हजार ३ सय ३३ रुपैयाँ भुक्तानी गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा भत्ता सहित कुल वार्षिक तलब बापत १ करोड ६ लाख २ हजार रुपैयाँ प्राप्त गरेका छन् । नियम अनुसार उनले भत्ता बापत ९५ लाख ४८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
बैंकले उनलाई टेलिफोन/ बापत ४ लाख ४४ हजार ३ सय ५ रुपैयाँ दिएको छ भने बैंकले उनलाई अन्य सुविधा बापत ९ लाख २२ हजार २८ रुपैयाँ मात्रै दिएको छ ।यस आर्थिक वर्षमा बैंकको कुल कर्मचारी खर्च भने १ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ ।