images
images

६ करोड ८६ लाख नाघ्यो चाँगुनारायण नगरपालिकाको बेरुजु 


  • 598
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    ६ करोड ८६ लाख नाघ्यो चाँगुनारायण नगरपालिकाको बेरुजु 

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको बेरुजु रकम सात करोड नजिक पुगेको छ। नगरपालिकाको मंगलबार सुरु भएको नगरसभामा बेरूजु रकम ६ करोड ८६ लाख ४२ हजार ८ सय ७३ रुपैयाँ पुगेको जानकारी दिइएको हो। 

    नगरपालिकाका अनुसार यो बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७७/७८ सम्मको हो। नगरपालिकाका ३३ वटा शीर्षकमा बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ। 

    प्रतिवेदनका अनुसार  सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७७/७८ मा उपभोक्तामार्फत गरिएको काममा रहेको छ। त्यसता काममा एक करोड २८ लाख ८९ हजार ८ सय ६४ रुपैयाँको बेरुजु रहेको बताइएको छ।


    images
    images

    Logo