images
images

माघमा निक्षेपको ब्याजदर घटाउने तयारीमा बैंकहरु


  • 675
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    माघमा निक्षेपको ब्याजदर घटाउने तयारीमा बैंकहरु

    काठमाडौं । बैंकहरुले माघ महिनामा भने निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। नेपाल बैंकर्स संघको बैठक भोलि बस्ने भएको छ। भोली बस्ने बैठकले माघको व्याजदरबारे निर्णय गर्नेछ । 


    बैंकहरुको रकम बढ्दै गएको र ब्याजदर पनि उच्च विन्दुमा पुगेकोले माघदेखि ब्याजदर घटाउनुपर्ने धारण बैंकरहरुको रहेको छ। गत महिनामा बाणिज्य बैंकले व्याजदर नघटाए पनि विकास बैंक र फाइनान्स कम्पनीहरुले व्याजदर घटाएका थिए । निक्षेपतर्फको ब्याजदर बढ्ने अवस्था नरहेकोले व्याजदर घट्ने वा स्थिर रहने भन्ने विषयमा बैंकर्स संघको बैठकले निर्णय गर्नेछ । 

    हाल वाणिज्य बैंकहरुको व्याजदर व्यक्तिगत मुद्धतीको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्धतीको ब्याजदर १०.१३३ प्रतिशत रहेको छ । 

    वाणिज्य बैंकहरुका निक्षेपकर्ताले गत चैत, वैशाख, जेठ, असार,साउन र भदौ महिनामा ११।३ प्रतिशतका दरले व्याजदर पाएका थिए भने असोजमा व्याजदर बढेर १२।०३ प्रतिशत पुगेको थियो । संघले असोजमा कायम ब्याजदरलाई कात्तिक, मंसिर र पुसमा पनि निरन्तरता दिँदै आएको छ । 

     


    images
    images

    Logo