images
images

अब फूटपाथ वा सार्वजनिक स्थलमा व्यापार गर्न नपाउने, नमाने कारबाही गर्ने चेतावनी


  • 597
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    अब फूटपाथ वा सार्वजनिक स्थलमा व्यापार गर्न नपाउने, नमाने कारबाही गर्ने चेतावनी

    काठमाडौं । काठमाडौं नगरपालिकाले सडक पेटी (फुटपाथ) वा सार्वजनिक स्थलमा व्यापार व्यससाय गर्न रोक लगाएको छ । महानगरले मंगलवार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 

    सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको भन्दै महानगरले यस्तो कार्य नगर्न नगराउन अनुरोध गरेको छ । 

    साथै,  महानगरभित्रका सडक पेटीमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग गरेमा व्यापार प्रयोजनार्थ राखिएको संरचना वा अन्य सामग्री, मालसामान जफत गर्ने र कानून बमोजिम हदैसम्म कारबाही गर्ने महानगरले जनाएको छ । 

    ktm-notice-for-thelagada.jpg


    images
    images

    Logo