images
images

एकैदिन ९ अर्बले घट्यो बैंकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?


  • 320
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    एकैदिन ९ अर्बले घट्यो बैंकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?

    काठमाडौं । बैंकहरुको निक्षैप एकैदिन ९ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार पुस २५ गते बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेको हो । 

    पुस २४ गते ५३ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप २५ गते एकैदिन ९ अर्ब रुपैयाँले घटेर ५३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन १० अर्ब रुपैयाँले घटेको छ । पुस २४ गते ४६ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो २५ गते सो रकम १० अर्बले घटेर ४६ खर्ब ८०अर्ब रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने १ अर्ब रुपैयाँले बढेको छ । २४ गते ६ खर्ब ३० अर्ब रुपैयाँ रहेको निक्षेप २५ गते १ अर्बले बढेर ६ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

    यसरी बैंकहरुको निक्षेप एकैदिन ९ अर्बले घट्दा कर्जा लगानी भने ५ अर्ब रुपैयाँले बढेको छ । पुस २४ गते ४७ खर्ब ७३ अर्ब रहेको कर्जा लगानी २५ गते ५ अर्बले बढेर ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी ४ अर्बले बढेर  ४२ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको १ अर्बले बढेर ५ खर्ब ४८ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    पुस २५ गते बैंकहरुको सीडी रेसियो पनि बढेर ८६.६५ प्रतिशतमा पुगेको छ । 


    images
    images

    Logo