images
images

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने


  • 286
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।  मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् । 

    विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलबीच संवाद,सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको बताए । देउवाले गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताए ।

    उनले संसदमा सशक्त विपक्ष नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक विपक्षीको भूमिकामा रहने बताए । ‘संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वासका साथै मुलुकमा विद्यमान चुनौतीको सामाना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली कांग्रेसले मतदान गर्नेछ,’ उनले भने । 

     

     


    images
    images

    Logo