काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३ सय ६ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई सोमबार र उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४८ जना, लेन अनुशासन पालना नगर्ने १ सय ५८ , रेड लाइडमा सवारी साधन चलाउने ४१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ३० र नम्बर प्लेट राम्रोसँग नराख्ने ३० जना, लिडारगन १ सय २९ चालक रहेका छन् । यस्तै २ हजार ६ सय ७० जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।