काठमाडौं । सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिबर्तन भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्रप्ति गरि प्रभु बैंकको नामबाट आजदेखि एकिकृत कारोबार गर्ने भएकाले साविक सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिबर्तन गरिएको हो ।
हाल कायम सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर १२ अंङ्कको थियो । अब उनिहरुको खाता नम्बर १६ अंकको भएको छ । यसरीो परिवर्तन भएको खाता नम्बर ग्राहकले आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ लगइन गरि वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा गई एकिन गर्न समेत बैंकले अनुरोध गरेको छ ।
