images
images

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प, क्षतिको बिवरण आउन बांकी


  • 294
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प, क्षतिको बिवरण आउन बांकी

    काठमाडौं । इन्डोनेसियामा मंगलबार सवेरै ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । 

    भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ । भुकम्पको केन्द्रबिन्दु पृथ्वीको ९७ किलोमिटर गहिराइमा रहेको भूकम्पको धक्का २ हजार किलोमिटर टाढासम्म महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

    युरोपीयन भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने चेतावनी दिदै सतर्क रहन आग्रह गरेका छन् । गत नोभेम्बरमा पनि इन्डोनेसियाको जाभा प्रान्तमा ५.६ म्याग्निच्युटको भूकम्प गएको थियोे ।

    सो भुकम्पमा परेर ३ सय १८ जनाको ज्यान गएको थियो भने ६२ हजार विस्थापित भएका थिए ।


    images
    images

    Logo