images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 244
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo