images
images

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै


  • 319
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् ।  प्रतिनिधिसभाको आज  बिहान ११ बजे बस्ने  बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । 

    सत्ता गठबन्धनका सात दल र स्वतन्त्र गरि १ सय ६५ सांसदले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन दिएका थिए । ती दलका सांसदले विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्यान्डेट प्राप्त हुनेछ ।   प्रचण्डले विश्वासको मत पाउन नसकेमा नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु हुनेछ । 

    विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न प्रचण्डलाई वैधानिक बाटो खुला हुनेछ 


    images
    images

    Logo