बिराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् वैठकले मन्त्रालयको संख्या घटाएर ९ वटामा झार्ने निणर्य गरेको छ । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् वैठकले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ वटा कायम गर्ने निणर्य गरेको हो।
राजेन्द्रकुमार राई मुख्यमन्त्री रहेको अघिल्लो प्रदेश सरकारले ७ वटा मन्त्रालयलाई बढाएर १३ पुर्याएको थियोे ।
मन्त्री भक्ती सिटौलाका अनुसार मन्त्रीपरिसद वैठकले प्रदेशको सेवा प्रवाह व्यवस्था सुधारका साथै प्रदेश सरकारको कामकाजलाई सुव्यवस्थित गर्न एक प्रशासनिक सुधार कार्यदल गठन गर्ने निणर्य गरेको छ ।
प्रमुख सचिवको नेतृत्वमा प्रदेश सचिवहरू रहने गरी सेवा प्रवाह र विकास व्यवस्था चुस्तदुरुस्त बनाउन अध्ययन गरेर २१ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको सिटौलाले बताए ।
स्थानीय तहका कर्मचारीहरुको सेवा, सुविधा र सर्तहरू व्यवस्थित गर्न स्थानीय सेवा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निणर्य पनि मन्त्री परिसदले गरेको सिटौलाले बताए ।



