काठमाडौं । पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा हुने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सत्ता साझेदार राप्रपाले पुस २७ लाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गरेपछ सत्तारूढ दलको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो ।
गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकोमा २०६२र०६३ को जनआन्दोलनपछि बिदा दिन कटौति गरिएको थियो।