images
images

बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा पवनकुमार गोल्यान सर्वसम्मत


  • 451
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा पवनकुमार गोल्यान सर्वसम्मत

    बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    आइतबार बसेको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै, सदस्यहरूमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, लिलाप्रकाश सिटौला, मोतिलाल दुगड, राधेस पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउँदै मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने बताए । “बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाको रुपमा सिबिफिनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।”, गोल्यानले भने ।

    बैंक तथा वित्तीय संस्थाहरूले सरकार, नियामक निकाय र सरोकारावाला संस्थासँग निरन्तर सहकार्य गर्दै उहाँले तीव्र आर्थिक गतिविधिमार्फत् राष्ट्रको अर्थतन्त्रलाई सवल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुन आवश्यक रहेको बताए ।


    images
    images

    Logo