काठमाडौं । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार संजिव भट्टराई त्रिपुरेश्वरबाट पक्राउ गरेको छ । भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
उनी लेनदेन बिगो मुद्दामा २ वर्ष कैद र ४० लाख जरिवाना भएको फैसला भएको मुद्दामा उनी फरार भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका भट्टराई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।