काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । सोमबार ४ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका अधिकारीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
उनलाई एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रको समर्थन रहेको छ । अधिकारीलाई ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद १ जना गरी ३३ जना सांसदको साथ रहेको छ ।